+
+
Shares

देउवालाई भेट्न पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:१४

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् ।

सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवासको भेटमा सहभागी भएका छैनन् । सात जना पूर्व पदाधिकारीको हिजो सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु देउवा निवास पुगेका हुन् ।

कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने हिजोको निर्णय अनुसार बुढानीलकण्ठ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?