+
+
Shares

हिजोदेखि बेपत्ता बालक पोखरीमा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १२:३५

८ साउन, जनकपुरधाम । धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका-१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेका छन् ।

बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका थिए ।

खोजलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?