
फाइल फोटो
७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘…मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा । अर्थात, यता पनि बर्बाद, उता पनि बर्बाद ।’
राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनको आग्रह छ । तर, सकारात्मक व्यवहार पाउन नसकेको उनको टिप्पणी छ ।
‘हुँदा–हुँदा माझ किरातकी छोरी र झापाली साक्षात् शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको पत्रपत्रिकाले उजागर गरेकै छन्’ सांसद बरालीले ब्यङ्ग्य गरे । उनको यो ब्यङ्ग्य सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्रको अन्तरसंघर्षप्रति लक्षित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4