 
																			९ साउन, धनगढी । कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका-९ को शंकरपुरमा पोखरीमा डुबेर ३ वर्षीय कुशल खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शुक्रबार बिहान ११ बजेतिर बुद्धिराज खनालले सञ्चालन गरेको ‘बुद्धिराज एग्रो कृषि फर्म’ को परिसरमा रहेको पानी जम्मा हुने पोखरीमा बालक डुबेका थिए ।
बेहोश अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4