
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘क्याप्टेन साब’को छायांकन शनिबार काभ्रेको ढुंखर्कबाट सुरु भएको छ।
- निर्देशक दीपेन्द्र के खनालले पाइलट रामेश्वर थापाको बायोपिक फिल्म निर्देशन गर्दैछन्।
- फिल्मको छायांकन चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ र शीर्ष कलाकारमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली छन्।
काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । शनिबार काभ्रेको ढुंखर्कबाट निर्देशक दीपेन्द्र के खनालले आगामी फिल्मको निर्देशन अघि बढाएका हुन् ।
पाइलट रामेश्वर थापाको बायोपिक फिल्म बताइएको यो फिल्मको छायांकन चितवन, काभ्रे र वीरगञ्जनमा हुनेछ । छायांकारमा नेफ्टाका कोषाध्यक्ष समेत रहेका कृष्ण थापा छन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मको शीर्ष कलाकारमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली छन् ।
निर्देशक खनालले यसअघि यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो ।
निर्मातामा निर्देशक खनालसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । पटकथा लेखन निर्देशक खनालकै हुनेछ ।
खनालले ‘क्याप्टेन साब’ एक फरक खालको फिल्म बन्ने बताए । क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भएपनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने निर्देशक खनालले बताए ।
प्रतिक्रिया 4