+
+
Shares

‘परिवर्तन’को छायांकन सेटमा सुशिलको एक्सन अवतार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुशिल श्रेष्ठ स्टारर फिल्म 'परिवर्तन'को छायांकन सेटबाट पहिलो झलक सार्वजनिक भएको छ।
  • सुशिलले भने, 'नेक्स्ट लेभलको छ एक्सन। मेरो लागि यो लेभलको एक्सन पहिलोचोटी हो'।
  • फिल्मको छायांकन ५० दिनदेखि पूर्वी नेपालका झापा, बिराटनगर लगायतमा भइरहेको छ।

काठमाडौं । सुशिल श्रेष्ठ स्टारर फिल्म ‘परिवर्तन’को छायांकन सेटबाट पहिलो झलक सार्वजनिक भएको छ । दृश्यमा सुशिल एक्सन भूमिकामा दमदार देखिएका छन् ।

पहिलो तस्वीरमा सुशिल पानीमा भिजेर लडिरहेको देखिन्छ । दोस्रोमा उनी रक्ताम्मे भएर बन्दुक ताक्दैछन् । यसअघि ‘आउट ल’ फिल्ममा दमदार एक्सन पस्किएका सुशिलले पछिल्लो फिल्म एक्सनको मामिलामा ‘लार्जर देन लाइफ’ हुने बताए ।

‘नेक्स्ट लेभलको छ एक्सन । मेरो लागि यो लेभलको एक्सन पहिलोचोटी हो’ सुशिलले अनलाइनखबरसँग भने । यो फिल्मको एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरिरहेका छन् ।

५० दिनदेखि यो फिल्मको छायांकन पूर्वी नेपालका झापा, बिराटनगर लगायतका थलोमा भैरहेको छ । केही दिनमा छायांकन सकिने भएको छ । विजय केरुङले निर्देशन गरिरहेको यो फिल्मका अन्य कलाकारमा अञ्जना बराइली, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी लगायत छन् ।

यो फिल्मलाई देशभक्तिपूर्ण एक्सन फिल्म बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?