+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

भोलिदेखि लाग्दै ३ फिल्म : ‘परिवर्तन’ देखि एआई न्यायाधीशको कथा ‘मर्सी’ सम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि नेपाली एक्सन ड्रामा फिल्म 'परिवर्तन', हलिउडको 'मर्सी' र बलिउडको 'बोर्डर २' देशभर रिलिज हुँदैछन्।
  • 'परिवर्तन' फिल्मले १०४ शोज पाएको छ र यो निडर प्रहरी र साहसी व्यक्तिको संघर्षको कथा भन्छ।
  • 'मर्सी' फिल्ममा डिटेक्टिभले एआई न्यायाधीशसामु ९० मिनेटमा निर्दोषता साबित गर्नुपर्ने कथा छ।

काठमाडौं । शुक्रबारदेखि ३ प्रतीक्षित फिल्म हलमा रिलिज हुँदैछन् । सुशील श्रेष्ठ स्टारर नेपालको एक्सन ड्रामा ‘परिवर्तन’, हलिउडको एक्सन-क्राइम ‘मर्सी र सन्नी देओल स्टारर बलिउडको ‘बोर्डर २ ।’

रिलिजअघि हलले यी सबै फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् ।

विजय केरुङ निर्देशित नेपाली भाषाको फिल्म ‘परिवर्तन’ को रनटाइम १३३ मिनेट र पीजी सर्टिफिकेट छ । यो फिल्मले देशब्यापी १०४ शोज पाएको छ ।

‘परिवर्तन एक्सन–ड्रामा फिल्म हो, जसले साहस, त्याग र वास्तविक बदलाबको लागि गरिने संघर्षको कथा भन्छ । यो फिल्म रक्षा नामक एक निडर प्रहरी अधिकृतको वरिपरि घुम्छ, जसको सरुवा गुण्डागर्दी र भ्रष्टाचारले थलिएको एउटा गाउँमा हुन्छ । त्यहाँ उनको भेट पारससँग हुन्छ, जो अन्यायको विरुद्धमा डटेर उभिने एक साहसी व्यक्ति हो ।

उनीहरूबीचको टकराव बढ्दै जाँदा, कथामा एउटा यस्तो मोड आउँछ जसले रक्षाको कर्तव्य र पारसको निष्ठालाई एक–अर्काको विरुद्धमा उभ्याइदिन्छ । प्रेम, कानुन र बढ्दो हिंसाको बीचमा फसेका उनीहरूले गाउँलाई कब्जामा राख्ने शक्तिसँग लड्नुपर्ने हुन्छ । समाजलाई साँच्चिकै आवश्यक परेको ‘परिवर्तन’ ल्याउन उनीहरूले कस्तो संघर्ष गर्छन् भन्ने नै यो फिल्मको मुख्य सार हो ।

यो फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ लगायतको अभिनय छ ।

हलिउडको प्रतीक्षित फिल्म ‘मर्सी’ पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । क्रिस प्राट र रेबेका फर्गुसन स्टारर फिल्मको रनटाइम १०० मिनेट र सर्टिफिकेट पीजी छ । यो फिल्मलाई एक्सन– क्राइम जनरामा राखिएको छ ।

निकट भविष्यको पृष्ठभूमिमा आधारित यो फिल्मको कथामा, एक डिटेक्टिभ (क्रिस प्राट) आफ्नै श्रीमतीको हत्याको आरोपमा अदालतको कठघरामा उभिएका छन् ।

उनको भाग्यको फैसला अब कुनै मान्छेले नभई एउटा अत्याधुनिक ‘एआई न्यायाधीश’ (रेबेका फर्गुसन) ले गर्नेछ, जुन प्रविधिलाई एक समय उनले आफैँले ठूलो समर्थन गरेका थिए । त्यो एआईले अन्तिम निर्णय सुनाउनु अघि उनीसँग आफ्नो निर्दोषता साबित गर्न मात्र ९० मिनेटको समय छ । समय सकिनु अघि उनले आफूलाई बचाउन सक्छन् कि प्रविधिको न्यायको शिकार हुन्छन् ? यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

शुक्रबार नै बलिउड फिल्म ‘बोर्डर २’ पनि रिलिज हुँदैछ । एक्सन र ऐतिहासिक कथावस्तुमा बनेको फिल्ममा सन्नी देओल, वरुण धवन, दिलजित दोसाँझ र अहान सेट्ठी शीर्ष भूमिकामा छन् । यो फिल्मको रनटाइम ३ घण्टा २० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?