
News Summary
Generated by OK AI. Editorially reviewed.- सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा 'परिवर्तन' ९ माघदेखि प्रदर्शन हुने भएको छ।
- फिल्मको एक्सन कोरियोग्राफी सुशील श्रेष्ठले गरेका हुन् भने विजय केरुङ निर्देशनमा बनेको छ।
- फिल्मको कथा, संवाद र गीतसंगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ।
काठमाडौं । सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘परिवर्तन’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ९ माघदेखि रिलिज हुने जनाइएको छ ।
निर्माताले रिलिज मिति घोषणा गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका छन् । पोस्टरमा अभिनेता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
फिल्मको एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरेका हुन् । विजय केरुङ निर्देशित फिल्मको निर्माण दीपक शिवाकोटीले गरेका हुन् ।
फिल्ममा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीको पनि अभिनय छ ।
निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीतसंगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ । छायांकन शिव ढकालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन् ।
फिल्मको डिजिटल साझेदार ओएसआर युट्युब च्यानल र वितरण आरआर फिल्म्सले गर्ने भएका छन् ।
प्रतिक्रिया 4