+
+
Shares

सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ को एक्सनप्रधान ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परिवर्तन' को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ र यसमा एक्सन र रहस्यपूर्ण कथावस्तु समेटिएको छ।
  • अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा छन् भने अञ्जना बराइली प्रहरी इन्सपेक्टरको भूमिकामा प्रस्तुत भएकी छिन्।
  • निर्देशक विजय केरुङले फिल्मले सामाजिक सन्देश बोकेको र दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

काठमाडौं । ९ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परिवर्तन’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।

प्रशस्त एक्सन दृश्य र रहस्यपूर्ण कथावस्तुलाई ट्रेलरमा समेटिएको छ । अभिनेता सुशील श्रेष्ठ यसपटक पनि एक्सन अवतारमा प्रस्तुत छन् । अञ्जना बराइलीसँग उनको रोमान्टिक रसायन आकर्षक देखिन्छ ।

बराइली प्रहरी इन्सपेक्टरको भूमिकामा प्रस्तुत छिन् । ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई पनि देख्न सकिन्छ ।

निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ ।’

सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई कथामा समेटिएको उनले जनाए । दिव्यासी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो । पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?