+
+
Shares

सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजारको अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ र नेप्से परिसूचकमा २ अंक रातो देखिएको छ।
  • नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले 'अंकमा केही गढबढी भएको पाइएको छ' भने र प्राविधिक टिम समस्या समाधानमा खटिएको बताए।
  • बजार अन्तिम १५ मिनेटभर हरियो थियो तर भारित औसत मूल्य गणनापछि नेप्से २.०७ अंक रातो भयो।

१२ साउन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ ।

बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंक रातोमा देखियो ।

भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटका आधारमा हुने गर्छ । तर बजार अन्तिम १५ मिनेटभर हरियो थियो । अघिल्लो दिन २९६४ अंकमा बन्द भएको बजार आज २ : ४५ बजे ३ अंक बढेर २९६७ अंकमा थियो, त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो ।

तर भारित औसत मूल्य गणनापछि २.०७ अंक रातो भयो । कारोबार प्रणाली (टीएमएस)मा भने भारित औसत मूल्य गणनापछि नेप्से २.६१ अंक हरियोमा देखिएको छ ।

आज भारित औसत मूल्य गणनापछि अंकमा केही गडबडी देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘अंकमा केही गढबढी भएको पाइएको छ, प्राविधिक टिम समस्या पहिचान र समाधानका लागि खटिइरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?