+
+
Shares

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तारानीले तीजमा नचाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको अर्बनमा भदौँ ६ गते तीजको अवसरमा गायक रामजी खाँड र गायिका शान्तिरानी परियारको सांगीतिक कार्यक्रम हुने भएको छ।
  • कार्यक्रमको प्रवेश शुल्क ५९ डलर र २५ डलर राखिएको छ भने अनलाइनबाट ५५ डलरमै टिकट खरिद गर्न सकिने अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए।
  • श्रेष्ठले विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति र चाडपर्वको महत्त्व बुझाउन र नेपालीत्त्वको भावना जगाउन यस्ता कार्यक्रम आवश्यक भएको बताउनुभयो।

काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तरानी परियारले प्रस्तुति दिने भएका हुन् । भदौ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क ५९ अस्ट्रेलियन डलर र २५ अस्ट्रेलियन डलर राखिएको अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।

विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय-समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाइ छ ।

‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ’ श्रेष्ठले भने, ‘यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्व हुन आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?