+
+
Shares

ह्वाट्सएपमा गज्जबको फिचर आउँदै, अँध्यारोमा पनि भिडियो कल गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:२९

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ ।

समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् ।

नाइट मोडले कसरी काम गर्छ ?

WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ ।

उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ । अर्थात् यो मोड अटोम्याटिक हुनेछैन र आफैले यसलाई खोल्न वा बन्द गर्न सकिनेछ ।

के गर्छ यो फिचरले ?

यो एउटा सफ्टवेयरमा आधारित अपडेट हो जसले कम प्रकाशमा खिचिएका तस्वीरको प्रष्टतालाई अझै उत्कृष्ट बनाउँछ । यसले खासगरी छायाँमा तस्वीरको विस्तृतता बढाउन सहयोग गर्दछ, जसबाट कुनै बाह्य प्रकाश विना पनि प्रष्ट तस्वीर खिच्न सकिन्छ । यो फिचर इन्डोर फोटोग्राफी वा रातमा तस्वीर खिच्ने प्रयोजनका लागि उपयोगी सावित हुनेछ ।

हाल गुगल प्ले बिटा प्रोग्रामका माध्यमबाट केही निश्चित बिटा प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएको बताइएको छ । रिपोर्ट अनुसार आगामी केही हप्तामै धेरै प्रयोगकर्ताका लागि ह्वाट्सएपको उक्त फिचर प्राप्त हुन सक्नेछ ।

यद्यपि यसका केही समस्या पनि रहेका छन् । जस्तो कि नाइट मोडले अत्यधिक चमक वा विस्तृतता भएको तस्वीर तयार गर्दैन ।

निकै अँध्यारो वातावरणमा यसले तस्वीरको गुणस्तरमा सामान्य सुधार मात्रै गर्नसक्छ । अर्थात् यो कुनै व्यावसायिक फोटोग्राफी सेटअपको विकल्प होइन र हुन सक्दैन । तर, यो फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले अँँध्यारोमा पनि बाहिरी प्रकाशविनै सेल्फी वा अन्य तस्वीर खिचेर पठाउन वा भिडियो कल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?