 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो झलक सार्वजनिक भएको छ जसमा हरिवंश आचार्यले शीर्ष भूमिका निभाएका छन्।
- फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की लगायतका कलाकारको अभिनय छ।
- दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्म असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ।
काठमाडौं । दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई चित्रण गरिएको छ ।
पोस्टरमा आचार्य महसंचारका श्रृंखलामा प्रस्तुत बहुचर्चित पात्र हरिबहादुरको भूमिकामा देखिएका छन् । फिल्ममा पनि उनको शीर्ष भूमिका छ । पोस्टरमार्फत फिल्मले चरित्र चित्रणबारे दर्शाउने प्रयत्न गरेको छ ।
फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्म असोज १३ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4