
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले आइतबार सबैभन्दा धेरै रकमको कारोबार गरेका छन्।
- नेपाल पुनर्बीमाले हालै शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।
- हिमालयन रिइन्स्योरेन्सले माघ मसान्तसम्म २० अर्ब चुक्ता पूँजी पुर्याउने प्रतिवद्धता जनाएको छ।
१८ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पहिलो र दोस्रो स्थानमा रहे नेपाल पुनर्बीमा तथा हिमालयन रिइन्स्योरेन्स ।
आज नेपाल पुनर्बीमाको ७५ करोड ३९ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन रिको ७१ करोड ५५ लाखको कारोबार भयो । सञ्चालित दुवै पुनर्बीमा विगत केही दिनदेखि नै कारोबारका आधारमा शिर्ष पाँच कम्पनीभित्र पर्दै आएका छन् ।
दुई पुनर्बीमा कम्पनीमा कारोबार बढ्नुको पहिलो कारण हो : हकप्रद सेयरको चर्चा । नेपाल पुनर्बीमाले हालै शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेगरी सञ्चालक समितिबाट निर्णय भएको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सले पनि हकप्रद सेयरबाटै चुक्ता पूँजी बढाउनेछ । माघ मसान्तसम्म दुवै कम्पनीले कम्तीमा २० अर्ब चुक्ता पूँजी पुर्याउनेगरी नियामक बीमा प्राधिकरणसमक्ष प्रतिवद्धता जनाएका छन् । हाल हिमालयन रिको चुक्ता पूँजी १० अर्ब ८६ करोड रुपैयाँ छ भने नेपाल पुनर्बीमाको १३ अर्ब ४२ करोड रुपैयाँ छ ।
गत बुधबार नेपाल पुनर्बीमाको मूल्य बोनस सेयर समायोजनपश्चात हालसम्मकै उच्च प्रतिकित्ता १६२५ रुपैयाँ पुगेको थियो ।
त्यस्तै हिमालयन रिको गत बिहीबार हालसम्मकै उच्च ११०० रुपैयाँ पुगेको थियो । बजार बढ्दा जसरी दुई कम्पनीको मूल्य उचालियो घट्दा पनि उस्तै प्रवृत्तिले घटेको देखिन्छ । आज नेपाल पुनर्बीमाको मूल्य ४.८७ प्रतिशत घटेको छ भने हिमालयन रिको ४.१२ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको अन्तिम मूल्य प्रतिकित्ता १५३०.८५ तथा हिमालयन रिको १०५८.२१ रुपैयाँ छ ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सेयर ब्रोकर नम्बर ४५ (इम्पेरियल)मार्फत धेरै खरिद भएको छ भने ब्रोकर नम्बर ५६ (श्रीहरि)मार्फत बिक्री धेरै भएको छ । इम्पेरियलमार्फत सो कम्पनीको ३९ हजार ६६८ कित्ता सेयर खरिद भएको फ्लोरसिटमा देखिन्छ । त्यस्तै श्रीहरिमार्फत ३६ हजार ५९८ कित्ता बिक्री भएको छ ।
इम्पेरियलपछि ब्रोकर नम्बर ४९ (अनलाइन), ६० (नागरिक स्टक डिलर), ५७ (आर्यतारा) मार्फत हिमालयन रिको सेयर बढी मात्रामा खरिद भएको छ । ४९ बाट ३६ हजार ६६९ कित्ता, ६० बाट ३४ हजार २८० कित्ता तथा ५७ बाट ३३ हजार ४७८ कित्ता खरिद भएको छ ।
त्यस्तै ब्रोकर नम्बर ५६ पछि ४४ (डायनामिक), ४५ (इम्पेरियल), ५३ (इन्भेस्टमेन्ट म्यानेजमेन्ट) मार्फत बिक्री बढी भएको छ । ४४ मार्फत २९ हजार ३०१ कित्ता, ४५ मार्फत २७ हजार ३८९ कित्ता, तथा ५३ मार्फत २७ हजार ३८२ कित्ता बिक्री भएको छ ।
त्यस्तै नेपाल पुनर्बीमाको सेयर ५५ (भृकुटी) मार्फत सबैभन्दा धेरै २ लाख ७ हजार ७०४ कित्ता खरिद भएको छ । ५८ (नासा) मार्फत सबैभन्दा धेरै १ लाख ८९ हजार ९६४ कित्ता बिक्री भएको छ ।
९६ (हिमालयन)मार्फत २६ हजार ८२ कित्ता, ६२ (क्यापिटल म्याक्स) मार्फत १४ हजार ७३५ कित्ता खरिद भएको छ । ५० (क्रिस्टल) मार्फत ३९ हजार ३६१ कित्ता र ४२ (सनी) मार्फत १९ हजार ७१ कित्ता बिक्री भएको छ । (ब्रोकरको किनबेच र होल्डिङ विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुस्)
प्रतिक्रिया 4