
News Summary
Generated by OK AI. Editorially reviewed.- आश्र कुँवरले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित १९ औं अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिन्।
- उनी सम्मेलनमा एक मात्र नेपाली वक्ता थिइन् र नेपालमा जलवायु परिवर्तन र मानव-वन्यजन्तु द्वन्द्वको प्रभावमाथि भाषण दिइन्।
- आश्राले २०२५ मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज र हिमालयन म्युजिक एन्ड फिल्म अवार्डबाट सम्मान प्राप्त गरिन्।
न्यूयोर्क । युवापुस्तामा रुचाइएकी नेपाली गायिका, गीतकार तथा वातावरणीय अनुसन्धानकर्ता आश्रा कुँवर पछिल्लो समय चर्चामा छिन् ।
संगीतसँगै उनी वातावरणीय अभियन्ता पनि हुन् । हालै उनले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित १९ औं अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा वक्ता एवं प्रतिनिधिको रूपमा मुलुकको प्रतिनिधित्व गरिन् ।
शिखर सम्मेलनमा कुँवर एक मात्र नेपाली वक्ता थिइन्, जहाँ उनले नेपालमा जलवायु परिवर्तन र मानव-वन्यजन्तु द्वन्द्वको प्रभाव तथा सीमान्तकृत महिलामा पर्ने प्रभावमाथि प्रकाश पार्दै मार्मिक भाषण दिइन् ।
अर्घाखाँचीको सन्धिखर्कमा आफ्नो विद्यावारिधि अनुसन्धान र सामुदायिक कार्यबाट उनले अन्तर्राष्ट्रिय ध्यानाषर्कण गरेकी छन् ।
‘यी संकट केवल वातावरणीय मात्र होइनन्, मानव अधिकारका मुद्दा पनि हुन्’ कुँवरले भाषणमा भनिन्, ‘ग्रामीण नेपालका महिलाले पारिस्थितिक विघटन र प्रणालीगत असमानता दुवैको मार खेप्नुपरेको छ । उनीहरूको आवाज विश्वव्यापी मञ्चमा सुनिनुपर्छ ।’
संगीतलाई आफ्नो आवाजसँग मिश्रण गर्न परिचित कुँवर अमेरिकामा समाजशास्त्रमा विद्यावारिधि गरिरहेकी छिन्, जसको विषय मानव-वन्यजन्तु द्वन्द्व हो । आफ्ना गीतहरू, फाउन्डेसन कार्य र शैक्षिक पहुँच मार्फत उनी स्वदेश र विदेशमा नेपाली युवा र महिलाको लागि एक शक्तिशाली आवाज बनेकी छिन् ।
अनलाइनखबरलाई प्रेषित इमेलमा आश्राले भनेकी छन्, ‘यस अनुभवले मलाई अनुसन्धान र कला दुवै क्षेत्रमा मेरो काममार्फत नेपाली महिला र समुदायको आवाजलाई उठाउन प्रेरित र अझ बढी प्रतिबद्ध बनायो । मलाई हाम्रा जनताको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भयो ।’
विश्वभरका युवा नेता र मानवअधिकार रक्षकहरू सम्मेलनमा सहभागी थिए । आश्राले सन् २०२५ मा केही सम्मानहरू प्राप्त गरिन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले उनलाई बाल्टिमोरमा आयोजित समारोहमा सम्मान प्रदान गर्यो ।
न्यूयोर्कमा आयोजित हिमालयन म्युजिक एन्ड फिल्म अवार्डमा उनको गीत ‘इतिहास तिम्रो मेरो’बाट उत्कृष्ट पपगीत बन्यो । नेपालको नेसनल क्यापिटल अवार्डमा उनको गीत ‘बेस्ट पप डुएट’ बन्यो ।
प्रतिक्रिया 4