+
+
Shares

पार्टी बैठकपछि प्रचण्डले भने- गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं

प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १५:०५

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् ।

मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,’ प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’

उनले पार्टी एकबताबद्ध भएको प्रचण्डले दाबी गरे ।

‘पार्टी एकताबद्ध भएको छ । हामी सामूहिक प्रतिबद्धता गरेका छौं,’ उनले भने, ‘हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रुपले प्रतिबद्धता गरेका छौं ।’

उनका अनुसार, पार्टी फेरि एक पटक जनताको जानेगरी निर्णय भएको छ ।

मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका निम्ति फेरि आन्दोलन गर्ने निर्णय पनि भएको बैठकपछि प्रचण्डले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?