+
+
Shares

१२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १७:४४

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

१२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसिरहेको हो ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?