+
+
Shares

ठमेलमा झगडा गरेको आरोपमा समातिएका सानुभाइसति ४ जना २६ साउनसम्म हिरासतमा रहने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा राखिने भएका छन्।
  • पक्राउ परेकाहरूमा सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन्।
  • १४ साउनमा नगरकोट दोहोरी साँझमा उनीहरूबीच झगडा भएको र १५ असारमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ।

२१ साउन, काठमाडौं। ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा रहेन भएका छन् ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चार जनाको हिरासत बसाई लम्बिएको हो ।

झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।

यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?