
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीसँग वाइपाका कार्यकारी निर्देशक इजमाइल इर्साहीले भेट गरेका छन्।
- प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदारसँग भेट गरी नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्।
- भेटवार्तामा दुईपक्षीय हित, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
२१ साउन, काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सेरदारलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।
भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउन लगायत विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4