
News Summary
Generated by OK AI. Editorially reviewed.- युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले ‘टेडी बियर’सहितको भिडियो पोस्ट गर्दै नयाँ गीतको संकेत दिएका छन्।
- गायक विपुल क्षेत्रीले नयाँ गीत ‘ए साथी’ र एल्बम ‘प्रवाह’ आगामी अगस्ट १ मा ल्याउने घोषणा गरेका छन्।
- सज्जनराजको नयाँ गीतको टिजरमा फ्यानहरूले उत्साह व्यक्त गरिरहेका छन् भने विपुलले एल्बमको कभर सार्वजनिक गरिसकेका छन्।
काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले ‘टेडी बियर’सहितको एक भिडियो पोस्ट गर्दै आगामी गीतबारे संक्षिप्तरुपमा संकेत गरेका छन् ।
यो टिजर पोस्टलाई लिएर उनका फ्यान उत्साहित छन् । सो इन्स्टाग्राम पोस्टमा गीतको साउन्ड ट्रयाक समावेश छ । भिडियोमा सज्जन स्वयम विभिन्न मुडमा फिचर्ड छन् ।
क्याप्सन मिनिमल भए पनि, प्रतीकात्मक पोस्टमा फ्यानहरूले विभिन्न अड्कलबाजी गरिरहेका छन् । के टेडी बियरले कुनै पुरानो प्रेम गीत, गहिरो भावनात्मक विषयवस्तु वा पूर्ण रूपमा अप्रत्याशित कुराको संकेत गर्न सक्छ ?
नयाँ गीतको यो टिजरमा उनका फ्यानले उत्साह व्यक्त गर्दै कमेन्ट व्यक्त गरिरहेका छन् । पछिल्लो गीत ‘बेहुली’ रिलिजको ठीक महिनापछि वैद्यले नयाँ गीत ल्याउने जनाएका हुन् ।
View this post on Instagram
विपुल क्षेत्रीले नयाँ गीत ‘ए साथी’ र एल्बम ‘प्रवाह’ ल्याउने
गायक विपुल क्षेत्रीले नयाँ गीत ‘ए साथी’ ल्याउने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत नयाँ म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टरमा कुनै पात्रको यादगार क्षणलाई प्रस्तुत गरिएको छ । अगस्ट १ मा विपुलले नयाँ एल्बम ‘प्रवाह’ ल्याउने घोषणा गरिसकेका छन् । उनले एल्बमको कभर सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया 4