
News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको खुद नाफा १० प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
- खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
- निष्क्रिय कर्जा अंश २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ भने आधार दर ८.११ प्रतिशतबाट घटेर ६.४२ प्रतिशतमा झरेको छ।
२३ साउन, काठमाडौं । सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाएको छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत अर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।
नोक्सानी व्यवस्थापनवापत छुट्याइएको रकम सामान्य बढेको छ । यस्तो रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिसेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।
बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पूँजी १४ अर्ब रुपैयाँ छ । हाल सेयर मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले २.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म २.६२ प्रतिशत छ । बैंकको आधार दर घट्दो क्रममा छ । अघिल्लो वर्ष ८.११ प्रतिशत रहेकोमा अहिले यो ६.४२ प्रतिशतमा झरेको छ । इक्वीटीमा वार्षिक प्रतिफल ११.५० प्रतिशत छ ।
प्रतिक्रिया 4