
२३ साउन, काठमाडौं । ललितपुर लाकुरीभञ्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ ले एकसाथ ४ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
टेरेसेस रिसोर्टले ‘औट ग्र्यान्डिअर ग्लोबल एक्सिलेन्स अवार्ड्स’ मा ‘बेस्ट अल सुइट रिसोर्ट इन एसिया’, ‘बेस्ट माउन्टेन रिसोर्ट इन एसिया’, ‘बेस्ट रिसोर्ट होटल इन एसिया’ र ‘बेस्ट सिनिक भ्यु इन एसिया’ गरी चार विधामा अवार्ड प्राप्त गरेको हो ।
नेपालको लक्जरी आतिथ्य सत्कार उद्योगमा टेरेसेस रिसोर्टले पाएको यो सफलता समग्र पर्यटन क्षेत्रका लागि प्रेरणादायक रहेको रिसोर्टले जनाएको छ ।
टेरेसेसले उत्कृष्ट पाहुना सेवा, लक्जरीमा नयाँ मापदण्ड सिर्जना, आरामदायी र अविष्मरणीय सेवा उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
‘औट ग्र्यान्डिअर ग्लोबल अवार्ड्समा एकसाथ चार विधामा पुरस्कृत हुन पाउनु गर्वको विषय हो,’ टेरेसेस रिसोर्टका महाप्रबन्धक सुमन श्रेष्ठले भने, ‘यी अवार्डले पाहुना सेवामा हाम्रो अटल प्रतिबद्धता झल्काउँछ र आतिथ्य सत्कार सेवाको स्तर अझै परिष्कृत गर्न प्रेरित पनि गरेको छ । अनि, टेरेसेसका प्रत्येक बसाइ अद्वितीय रहेको पनि प्रमाणित गर्छ ।’
टेरेसेस रिसोर्टले नेपालको लक्जरी वेलनेस गन्तव्यमा भिन्नै पहिचान बनाउन सफल भएको र लक्जरी आतिथ्य सत्कार क्षेत्रमा नयाँ अध्याय थपेको जनाएको छ ।
प्रतिक्रिया 4