
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको मत निर्णायक बन्दै गएको बताएका छन्।
- विदेशमा रहेका नेपालीका चासो र चिन्ता सम्बोधन नगरे नयाँ पार्टीले निर्वाचनमा ठूलो प्रभाव पार्ने महतको भनाइ छ।
- महतले युरोपका विभिन्न देशमा नेपाली कांग्रेस निकट जनसम्पर्क समितिलाई थप क्रियाशील बनाउन आग्रह गरेका छन्।
२६ साउन, बेल्जियम। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको मत नै निर्णायक बन्दै गएको बताएका छन्।
विदेशमा रहेका नेपालीका चासो र चिन्ता सम्बोधन नगर्ने हो भने आगामी निर्वाचनमा त्यसको प्रभाव देखिने उनको भनाइ छ।
देशभित्र रहेका मतदाताका कुनै न कुनै सदस्य विदेशमा रहेको र निर्वाचनका बेला उनीहरुले जसलाई भन्यो उसैलाई मत दिने वातावरण बनिरहेको भन्दै महतले विदेशमा रहेका नेपालीबीच कांग्रेस पार्टीलाई सक्रिय बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।
युरोपका विभिन्न देशमा रहेका नेपाली कांग्रेसनिकट जन सम्पर्क समितिका पदाधिकारीहरुका निम्ति नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा लुवेनमा आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन्।
अन्तरक्रियामा युरोपका विभिन्न देशका जनसम्पर्क समितिका सभापति, पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु सहभागी थिए
‘अब नेपाललाई मात्र हेरेर पुग्दैन। नेपाल बाहिर पनि नेपाल छ भन्ने कुरालाई हामी सबैले आत्मसात गर्नु जरुरी छ, ’ उनले भने, ‘हाम्रो संविधानले देशभित्रको ७७ जिल्लालाई राजनीतिक कार्यक्षेत्र मानेको छ। तर ठूलो संख्यामा नेपालीहरु विदेशमा रहेकाले ती क्षेत्रलाई पनि राजनीतकि कार्यक्षेत्र मानेर उनीहरुका चासो र चिन्तालाई सम्बोधन गर्नुपर्छ।’ त्यसो हुन नसके नयाँ नयाँ पार्टीले निर्वाचनमा ठूलो प्रभाव पार्ने महतको भनाइ छ ।
नेपाली कांग्रेस जिल्लाजिल्लामा जनताको बीचमा गइरहेका छौं चर्चा गर्दै उनले नेपाली काग्रेसलाई नै रोज्नुपर्छ भन्दा टाउको हल्लाएर सहमति जनाउने तर चुनावका बेला विदेशमा रहेका आफ्ना छोराछोरी वा अन्य परिवारजनको सल्लाहअनुसार मतदान गर्ने अवस्था बनेको बताए ।
‘नेपाली कांग्रेस गाउँगाउँ पुगिरहेको छ। हामीले कुरा गर्दा टाउको हल्लाउनुहुन्छ। तर, चुनावका बेला विदेशमा रहेका छोराछोरीको सल्लाहअनुसार नयाँ नयाँ पार्टीलाई मतदान गर्ने अवस्था बनेको छ। त्यसैले विदेशमा रहेका नेपालीहरुका चासो र चिन्ता पनि हाम्रो पार्टीले सम्बोधन गर्नुपर्ने अवस्था आइसकेको छ,’ प्रवक्ता डा. महतको भनाइ छ।
बाहिर बस्ने नेपालीहरुलाई पार्टीले विशेष रुपमा हेर्नुपर्ने पनि उनले बताए ।
बेल्जियम जनसम्पर्क समितिमा विगतमा रहेको समस्या समाधान भइसकेको भन्दे उनले युरोपका सबै जनसम्पर्क समितिलाई थप क्रियाशील बनाउन आग्रह गरे।
धेरै ठूलो संख्यामा नेपाली रोमानियाँ, क्रोएसिया, अल्बानियाँ, बुल्गेरिया, हंगेरी चेकोस्लाभियामा नेपाली पुगेका भन्दै ती देशमा पनि जनसम्पर्क समिति खोल्नुपर्ने आवश्यकता रहेको चर्चा गरे। दक्षिणपूर्व, मध्यपूर्व, अमेरिकाजस्तै नेपाली कांग्रेसका लागि युरोपको महत्व धेरै रहेले बताए ।
प्रतिक्रिया 4