Comments Add Comment

थाहै नदिई लिंग काटियो भन्दै अस्पताल विरुद्ध उजुरी

amputitionअमेरिकाको अलाबामाका एक मानिस आफ्नो लिंगको खतना गर्न भन्दै अस्पतालमा भर्ना भए । तर अस्पतालले सर्जरी गरेर उनको लिंग नै काटिदिएपछि उनी इन्तु र चिन्तु भएर अस्पताल विरुद्ध मुद्दा हाल्न पुगेका छन् ।
५६ वर्षका जोनी ली ब्यांक जुनियरले राज्य अदालतमा प्रिन्स्टन बाप्टिस्ट सेन्टर अस्पताल विरुद्ध हालेको मुद्दामा डाक्टरहरुलाई समेत प्रतिवादी बनाएका छन् । डाक्टरहरुले आफ्नो लिंग काट्नुपर्नाको कारण नै नबताइकन आफुलाई लिंगवीहिन बनाइदिएको आरोप उनको छ ।
ब्यांकका वकिलले आफ्नो ग्राहकलाई ध्वस्त बनाइएको बताए । अपांगताका कारण काम गर्न नसक्ने भएका ब्यांक्स विवाहित हुन् । आफ्नो लिंग कुन महिनामा काटिएको थियो भन्ने कुरा भने उनले सम्भिmन सकेनन् तर जुन महिनामा त्यस्तो घटना भएको उनका वकिलको ठम्याइ छ ।
तर अस्पतालले भने आरोप निराधार रहेको दाबी गरेको छ । आफु विरुद्ध लागेको आरोपको ससक्त प्रतिवाद गर्ने अस्पतालका प्रवक्ताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment