+
+
Shares

सल्यानको कुमाखमा बाढीमा फस्यो विद्यालय बस

कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा विद्यालयको बस फसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १७:१५
Photo Credit : हेमन्त हमाल ठकुरी

२८ साउन, काठमाडौं । सल्यानको कुमाख गाउँपालिकामा विद्यालय बस बाढीमा फसेको छ । कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा विद्यालयको बस फसेको हो ।

कुमाख गाउँपालिका–३मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बस खाली थियो । बुधबार दिउँसो ३: ४० बजेतिर बाढीमा फसेको बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको टोली खटिएको बस्नेतले बताए । स्थानीयको समेत सहयोगमा प्रहरीले टोलीले जेसीबी प्रयोग गरेर बस निकाल्ने प्रयास गरिरहेको छ ।

घटनास्थल रागेचौरबाट झन्डै ५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?