+
+
Shares

लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको खुद नाफा करिब ४१ प्रतिशत बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
  • बैंकको खुद ब्याज आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्थापन रकम घटेपछि नाफामा वृद्धि देखिएको छ।
  • निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षको ४.६३ प्रतिशतबाट गत असार मसान्तसम्म ४.२५ प्रतिशत झरेको छ।

२९ साउन, काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा करिब ४१ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी सामान्य घटे पनि नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) घटेपछि नाफामा वृद्धि देखिएको हो । अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ११ अर्ब ३७ करोड रुपैयाँ छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष कर्जा नोक्सानी व्यवस्थापनवापत ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब १८ करोड रुपैयाँ छ ।

वार्षिक प्रतिसेयर आम्दानी बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १२.५९ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६.९१ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १२.३४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ ।

निष्क्रिय कर्जा घटाउन बैंक सफल भएको छ । अघिल्लो आर्थिक वर्ष कुल कर्जामा यस्तो कर्जा ४.६३ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म झरेर ४.२५ प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?