
२ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्रमा सबै जातजातिको मातृभाषा संरक्षण गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
३१औं तामाङ प्रशारण दिवसको अवसरमा हेटौंडामा आयोजित ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ मा मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री बानियाँले जाति र भाषाको नाममा राजनीति भने गर्न नहुने बताए । जाति र भाषाको नाममा राजनीति गर्दा यसले समाज विभाजनतर्फ जाने खतरा रहेको बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालको सहकार्यमा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम तीव्रत गतिमा भइरहेको जानकारी दिँदै नियमावली तयार भएको बताए ।
२ लाखको अक्षय कोष स्थापना
कार्यक्रममा मुख्यमन्त्री बानियाँले तामाङ पत्रकार संघ, बागमतीलाई अक्षयकोष स्थापना गर्न २ लाख रुपैयाँ सहयोग गरे ।
अक्षय कोष स्थापनाका लागि मुख्यमन्त्री बानियाँले २ लाखको चेक पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तारण गरे । मुख्यमन्त्री बानियाँले ‘बुबा छेमबहादुर बानियाँ र दाजु राजकुमार बानियाँ’ को स्मृतिमा अक्षय कोष स्थापना गर्न उक्त रकम हस्तारण गरेका हुन् ।
दुई पत्रकार सम्मानित
कार्यक्रममा दुई जना तामाङ पत्रकार समेत सम्मानित भएका छन् ।
सम्मानित हुनेमा तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङ र पत्रकार भुवन घलान रहेका छन् ।
तामाङ ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ पुरस्कारबाट सम्मानित भएका हुन् भने घलान ‘तामाङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन् । सम्मान स्वरूप तामाङले १० हजार १ सय र घलानले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4