
काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले नेपालमा १० किलो लुगा धुने र ७ किलो सुकाउने क्षमता भएको ‘अल–इन–वान’ फ्रन्ट लोड वासर र ड्रायर सार्वजनिक गरेको छ ।
सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याएको ‘सी७११०डब्लूडीजी’ मोडेलको फ्रन्ट लोड वासर र ड्रायरले लुगा धुने र सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने भएकाले उपभोक्ताका लागि सुविधाजनक हुने जनाएको छ ।
१० किलो धुलाइ र ७ किलो सुकाउने क्षमता सहितको वासर ड्रायरमा स्मार्ट डीडी मोटर, हनिकम्ब ड्रम, दाग हटाउने प्रणाली, एयर वास, स्टिम वास, एन्टी–माइट्स चक्र र रंगिन स्क्रिनजस्ता नवीन सुविधा छन् ।
यसले कपडालाई क्षति हुनबाट जोगाउने, ब्याक्टेरिया तथा एलर्जी कारकहरूलाई हटाउने, गन्ध नियन्त्रण गर्ने र उच्च स्तरको स्वच्छता सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।
सीजी कर्प ग्लोबल अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले विश्वस्तरीय प्रविधियुक्त घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याउँदै आएको छ ।
प्रतिक्रिया 4