
News Summary
Generated by OK AI. Editorially reviewed.- खानीखोला हाइड्रोपावर कम्पनीले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर आजदेखि जारी गरेको छ।
- कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीलाई हकप्रदमा आवेदन दिन सक्ने जनाएको छ।
- कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको र आयोजनामा क्षतिका कारण बन्द रहेको खुलाएको छ।
३ भदौ, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर खुलाएको हो । असार २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ पाएको छ ।
हकप्रद सेयर खुलाएको यो कम्पनी भने नोक्सानीमा छ । गत आर्थिक वर्ष कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ ऋणात्मक छ ।
प्रतिसेयर नेटवर्थ जम्मा ७३ रुपैयाँ छ । बाढीका कारण आयोजनामा क्षति भएकाले बन्द अवस्थामा रहेको कम्पनीले स्पष्ट पारेको छ । ४.३६ मेगावाट क्षमताको टुंगुन ठोस्ने र २ मेगावाटको खानीखोला आयोजना कम्पनीले सञ्चालन गर्दै आएकोमा दुवै आयोजना क्षतिका कारण बन्द अवस्थामा छन् ।
क्षति भएका संरचनाको मर्मत कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २६८ रुपैयाँ छ ।
प्रतिक्रिया 4