+
+
Shares

स्थापना दिवस मनाउन कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा   

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ६:४१

४ भदौऽ कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले बज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहीद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?