
४ भदौ, काठमाडौं। तारकेश्वर नगरपालिका–९ ढलमल पुल नजिक बालुवा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो बालुवा चोरी भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।
सो क्रममा बालुवा निकाल्दै गरेका दुई वटा गाडीसहित तीन जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
नियन्त्रणमा लिइएका गाडी र मानिसलाई प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4