+
+
Shares

‘दैलेखको मिथेन ग्यासको चर्चा छ तर, चट्याङले ज्यान गुमाउनुपरेकोमा सरकार चिन्तित छैन’

उनका अनुसार भैरवी गाउँपालिका–३ मा चट्याङ लागेर तीन घाइते भएका छन् । दैलेखमा विगतमा पनि चट्याङमा परेर स्थानीयले ज्यान गुमाउनु परेको बताउँदै उनले पूर्व सूचना प्रणाली जडान गर्न आग्रह गर्दा सुनुवाई नभएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले दैलेखमा पेट्रोलियम खानीमा मात्र ध्यान दिइएको तर चट्याङको पूर्व सूचना दिने यन्त्र जडान नगरिएको बताएकी छन्।
  • रानाले दैलेखको भैरवी गाउँपालिका–३ मा चट्याङ लागेर तीन जना घाइते भएको र पूर्व सूचना प्रणाली जडान गर्न माग गरेकी छन्।
  • उनले दैलेखमा चट्याङको विषयमा धेरै पटक बोलिसकेको र सरकारले पूर्वसूचना प्रणाली जडान नगरेको आरोप लगाएकी छन्।

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले सरकारले दैलेखमा पेट्रोलियम खानीमा मात्रै ध्यान केन्द्रीत गरेको तर, चट्याङको पूर्व सूचना दिने यन्त्र जडान नगरिएको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रानाले दैलेखमा पेट्रोलियम खानी फेला परेको क्षेत्रमै चट्याङमा परेर जनधनको क्षति हुँदा पनि राज्यले वेवास्ता गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ अन्वेषणको मिथेन ग्यासको चर्चा छ, सोही गाउँपालिकाको वडा नम्बर ३ मा चट्याङ लागेर तीन जना घाइते हुृनुभएको छ ।’

उनका अनुसार भैरवी गाउँपालिका–३ मा चट्याङ लागेर तीन घाइते भएका छन् । दैलेखमा विगतमा पनि चट्याङमा परेर स्थानीयले ज्यान गुमाउनु परेको बताउँदै उनले पूर्व सूचना प्रणाली जडान गर्न आग्रह गर्दा सुनुवाई नभएको बताइन् ।

‘यो भन्दा पहिले धेरै पटक मैले दैलेखको चट्याङको विषयमा बोलिसकेको छु, सरकार किन चिन्तित हुन सकेको छैन, चट्याङ पर्नुभन्दा पहिले नै त्यहाँ पूर्वसूचनाका लागि सेन्सर यन्त्र जोडिदिनका लागि पनि मैले माग गरेको थिएँ, सो जानकारी अहिलेसम्म पनि प्राप्त भएको छैन,’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?