
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली छोटो फिल्म 'नीलो आकाश' अमेरिकाको 'सिकागो साउथ एसियन फिल्म फेस्टिभल'मा छनोट भएको छ।
- निर्देशक निर्मल पौडेलले फिल्ममा पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको बताए।
- फिल्मले मधेशी महिलाको कथावस्तुमा भ्रुण हत्याको संवेदनशिल विषय प्रस्तुत गरेको छ।
काठमाडौं । नेपाली छोटो फिल्म ‘नीलो आकाश’ अमेरिकाको प्रतिष्ठित ‘सिकागो साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ ।
निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्मले आफ्नो अमेरिका प्रिमियर यही महोत्सवमार्फत गर्नेछ । यो फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको अभिनय छ ।
मधेशी महिलाको कथावस्तुमा आधारित फिल्मले समाजमा हुने भ्रुण हत्याको संवेदनशिल विषयलाई प्रस्तुत गरिएको छ । यसमा निकितासहित सुरज यादव, मोनिका थापा, सुरभी सापकोटा र आराध्य रौनियारलगायतको अभिनय छ ।
यसअघि यो फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ), इन्टरनेसनल फेस्टिभल अफ रेडक्रस एण्ड हेल्थ फिल्म (बुल्गेरिया) र क्यानडा इन्टरनेसनल फिल्म फेस्टिभल लगायतमा छनोट भएको छ ।

काफिया मिडिया र निर्मल पिक्चर्सको ब्यानरमा बनेको फिल्मका निर्मातामा आस्था शर्मा, गणेश कन्चन भारती र तेजु पाण्डे छन् । छायांकन भारतको पुणे इन्स्टिच्युटमा सिनेम्याटोग्राफी अध्ययन गरेका दीपंकर सिक्दरले गरेका हुन् ।
उनले छायांकन गरेको हिन्दी फिल्म ‘आहान’ नेटफ्ल्क्सिमा रिलिज भएको छ । डिकेश खड्कीको ध्वनि डिजाइन, अनिमेष सापकोटाको दृश्य सम्पादन र रङ संयोजन कपिल पराजुलीले गरेका हुन् ।
निर्देशक पौडेलको यसअघि बनेको लघु फिल्म ‘म कमरेड’ समेत शिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट भएको थियो । साथै, चलचित्र विकास बोर्डले आयोजना गरेको सर्ट फिल्म कम्पिटिसनमा समेत तेस्रो भएको थियो ।
निर्देशक पौडेलले अभिनेत्री चान्डकसँगको सहकार्यबारे भने, ‘फिल्मले दिएको हौसला र अन्तर्राष्ट्रिय मंचमा पाएको स्थानले अझ ऊर्जा दिएको छ ।’ पौडेल मिडिया स्टडिजमा मास्टर्स गर्दै मधेसकै कथामा आधारित फिचर फिल्म लेखनमा ब्यस्त छन् ।
प्रतिक्रिया 4