+
+
Shares

शिक्षा समितिमा निरन्तर छलफल, सभापति थापाले भने- शून्य समय यहीँ हुन्छ

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विवादित विषय टुंगो लगाएर शिक्षा विधेयक पास गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा समितिका सदस्यहरूले विद्यालय शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति दिने व्यवस्थामा विवाद छ।
  • निजी विद्यालय सञ्चालकहरूले भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

५ भदौ, काठमाडौं । शिक्षा समितिका सदस्यहरू विद्यालय शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने भएका छन् ।

 अहिले खाना खानका लागि एक घण्टाका लागि बैठक स्थगित गरिएको छ । खाना खाइसकेपछि पुन: बैठकमा बस्ने र सहमतिको प्रयास गर्ने सभापति अम्मरबहादुर थापाले बताए ।

उनले शिक्षा समितिको बैठकबाट विधेयक पास गरेर मात्रै संसद र अन्य बैठकमा सहभागी हुन समिति सदस्यहरूलाई निर्देशन दिए । ‘अघि मैले माननीयजीहरूलाई भनेको छु, आज परेको बैठकमा उपस्थिति यहाँ सकेर मात्रै हुन्छ,’ उनले भने ।

यति भनिसकेपछि सदस्यहरूले आजको संसद बैठकको शून्य समयमा बोल्ने समय पाएका सदस्यहरूको हकमा के हुन्छ भनेर प्रश्न गरेका थिए । सो प्रश्नको जवाफमा सभापति थापाले भने, ‘शून्य समय यहीँ हुन्छ । शून्य समयको अवसर यहाँ दिइने व्यवस्था छ ।’

१२ बजेर २५ मिनेटमा बैठक स्थगित गरेका उनले एक बजेर २० मिनेटमा पुन: उपस्थित हुन अनुरोध गरे । उनले एउटा कुरा टुंग्याउनलाई सरल तरिकाले जाँदा पनि एक/डेढ घण्टा लाग्ने बताए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विवादित विषय टुंगो लगाएर शिक्षा विधेयक पास गर्ने तयारी छ । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा विवाद छ ।

सो व्यवस्था सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । निजी विद्यालयहरूका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले काठमाडौंको माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन् ।

निजी विद्यालय सन्चालकहरूले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्था विधेयकबारे हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग राखेका छन् ।

मागहरू सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?