
५ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् ।
काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने ।
आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो ।
‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भने ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारको प्रखरताको झन्डा बोकेर अघि बढ्ने बेलामा मदन भण्डारी फाउन्डेशनले भूमिका खेलेको उनले बताए ।
प्रतिक्रिया 4