+
+
Shares

धर्म प्रचार गरेको आरोपमा ३ इन्डोनेसियाली नागरिक पक्राउ

भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले तीन जना इन्डोनेसियाली नागरिकलाई भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको छ।
  • सन् २०२४ मा नेपाल आएकी एक इन्डोनेसियाली महिलाले ललितपुरको धोबीघाटमा मुस्लिम धर्म प्रचार गरेको विभागले आरोप लगाएको छ।

५ भदौ, काठमाडौं । तीन जना इन्डोनेसियाली नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।

भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।

पक्राउ परेकामध्ये एक महिलाले ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गर्ल्स होस्टलमा राखी तीन जना इन्डोनेसियाली महिलालाई शिक्षकको रूपमा राखी टर्किस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्म प्रचार गरेको आरोप छ ।

उनीहरु सन् २०२४ देखि नै नेपालमा आएर बसिरहेको पाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । उनी भन्छन्, ‘म विभागको महानिर्देशक भएर आएदेखि नै विदेशीको गतिविधिबारे निगरानी गरिरहेका छौं, त्यहीक्रममा उनीहरु पक्राउ परेका हुन् ।’

धर्म प्रचार वापत उनीहरूले २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको अध्यागमन स्रोतले बतायो । नियन्त्रणमा लिइएका मध्ये एकले पर्यटक भिसा र दुईले अध्ययन भिसा लिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?