
News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड मकवानपुरको भिमफेदी गाउँपालिकामा पहिरो र भेलबाढीले अवरुद्ध भएका छन्।
- शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथमा भेलबाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
- पहिरो पन्छाउन प्रहरी टोली परिचालन भए पनि लगातार पानी परिरहेको कारण सडक खुलाउन समस्या भइरहेको छ।
६ भदौ, काठमाडौं । काठमाडौं- हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित भर्याङ डाँडा र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका-१ स्थित बागझुरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा गिटी बालुवासहितको भेलबाढी आउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यसैगरी वर्षाका कारण सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
पहिरो गएर सडक अवरुद्ध बनेको खबर थाहा पाउने बित्तिकै सडक खुलाउन प्रहरी टोली परिचालन भएको छ । तर पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4