
एआईद्वारा निर्मित प्रतिकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोलामा बहाव बढ्दा ४४ वर्षीय बिवय सिंह भोम्जन करिब १०० मिटर तल बगेका थिए।
- प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको टोलीले साँझ ८:२० बजे घाइते अवस्थामा बिवय सिंहलाई उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ।
- उनको लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
६ भदौ, काठमाडौं । मकवानपुरमा खहरे खोलाले बगाएका एक व्यक्तिको जिवितै उद्धार भएको छ ।
मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोला तर्नेक्रममा बहाव बढेर बगेका अन्दाजी ४४ वर्षीय बिवय सिंह भोम्जनको प्रहरीले उद्धार गरेको हो ।
काठमाडौंबाट फुलबारी घर फर्किँदै गर्दा शुक्रबार साँझ ७:३० बजेतिर खोलामा पानीको बहाव अचानक बढ्दा करिब १०० मिटर तल बगाएका थिए ।
घाइते अवस्थामा भेटिएका उनलाई प्रहरी चौकी ठुलोडमार, मकवानपुरबाट प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको ४ सदस्यीय टोलीले राति ८:२० बजे उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ ।
लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4