+
+
Shares

झलकमानको कालजयी गीत ‘हे बरै’ पुनः स्वरांकन गर्दै फिल्म ‘कोशेढुंगा’मा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते ९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कोशेढुंगा'को नयाँ गीत 'हे बरै' झलकमान गन्धर्वको गीत 'के बरै' पुनः स्वरांकन गरी सार्वजनिक गरिएको छ।
  • गीतमा आशिष अविरलको स्वर रहेको छ र परिवारको दुःख र विदाइको भाव समेटिएको छ।
  • फिल्म १२ भदौमा प्रदर्शन हुने तयारीमा छ र सरोज पौडेलले निर्देशन गरेका छन्।

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘के बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण पक्षले फिल्ममा समावेश गरेको हो ।

परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ । नेपाली लोक संगीतका लिजेन्ड गन्धर्वलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गर्दै फिल्ममा राखिएको हो ।

परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुश्मनको घेरामा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी सम्बोधन गर्दै बिदा माग्छ, त्यो भाव गीतमा समेटिएको छ ।

भिडियोमा फिल्मका कलाकार मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने चरित्र चित्रणमा छन् । भुसालको पात्रलाई ‘पूर्णबहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिइएको छ । वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ । उनले गाडीमा यो गीत बजाइरहँदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ ।

‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेल निर्देशित आगामी फिल्म ‘कोशेढुंगा’ १२ भदौमा प्रदर्शन तयारीमा छ । फिल्मलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो ।

फिल्ममा कलाकार सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटाको अभिनय छ ।

निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?