
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले शनिबार ५० वर्ष पूरा गरिन्।
- उनको जन्मदिन लाजिम्पाटको हिबाची प्यालेसमा पारिवारिक सदस्य र कलाकारसँग मनाइयो।
- अभिनेता दीपकराज गिरी र निर्मल शर्माले उनलाई सामाजिक संजालमा बधाई दिए।
काठमाडौं । फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले ५० वर्ष टेकेकी छन् ।
जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए ।
लाजिम्पाटको हिबाची प्यालेसमा शनिबार बेलुका बर्थडे समारोह आयोजना गरियो, जहाँ केक काटेर जन्मोत्सव सेलिब्रेसन गरियो ।
निरौलालाई सामाजिक संजालबाट पनि ब्यापकरुपमा शुभकामना सन्देशहरू आइरहेका छन् । अभिनेता दीपकराज गिरी र निर्मल शर्माले दीपाश्रीलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् ।
तस्वीरहरू : मदन रिजाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4