+
+
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बन्यो ठूलो भीआईपी कक्ष (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा नयाँ नवनिर्मित भीआईपी कक्षको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका छन्।
  • मन्त्री पाण्डेले भीआईपी कक्षले विमानस्थलको भीड नियन्त्रण र सुरक्षामा सहयोग गर्ने विश्वास व्यक्त गरे, र फरक-फरक कक्षको व्यवस्था उपयोगी हुने बताए।
  • उनले आन्तरिक आवागमन कक्षमा समेत सीआईपीको व्यवस्था गर्न आग्रह गर्नुभएको छ र विमानस्थलको सेवाप्रवाह सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

९ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्षको उद्घाटन गरिएको छ ।

विमानस्थलको आधुनिक र सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त आवागमन कक्षले  विमानस्थलको भीड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले विमानस्थलको भीड नियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको लागि छुट्टै आन्तरिक आवागमन कक्षको व्यवस्था गर्नुपरेको बताए ।

संवैधानिक निकाय, प्रशासनिक क्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक-फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थित हुने उनको विश्वास छ ।

मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिक आवागमन कक्षमा समेत सीआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरूलाई आग्रह गरे । विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरू गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘संवैधानिक निकाय तथा प्रशासनिक क्षेत्रका प्रतिनिधिहरूको र आम नागरिकको अलग अलग कक्षको व्यवस्था गरिदियौं भने त्यसले पनि विमानस्थलको सुरक्षा र भीड नियन्त्रणमा सहजता हुनसक्छ । भोलिको दिनमा यी कक्षहरू सञ्चालन गर्दै गर्दा समिक्षा गरौंला । राजनीतिक  नेतृत्व, जनप्रतिनिधिहरूको चाहीँ आवागमन हुने ठाउँ र प्रशासनिक, न्यायिक र संवैधानिक क्षेत्रका मानिसहरूकोआवागमन हुने ठाउँ केही सेपरेट भयो भने त्यसले केही सहजता हुनसक्छ ।’

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी कक्ष थियो । अहिले भीआईपी कक्षलाई ठूलो पारिएको हो ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?