+
+
Shares

तीज दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते ७:५०

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ ।

तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तीजलाई प्राय: गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’

प्रधानमन्त्री ओली थप लेखेका छन्, ‘प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् । हाम्रो संस्कृतिले तीजलाई  आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ ।’

दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा पेजमा लेखेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?