
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन महिनामा ३३ कथानक फिल्मले निर्माण इजाजत पाएका छन्, जुन असारको १९ र जेठको ३६ भन्दा फरक संख्या हो।
- श्रद्धा प्रसाईंले रेखा थापा र महेश त्रिपाठीलाई लिएर 'क का कि की' फिल्म निर्माणको अनुमति पाएकी छन्।
- खगेन्द्र लामिछानेले 'जंगबहादुर' र 'जर्क' फिल्म निर्माण तथा निर्देशन गर्ने अनुमति पाएका छन्।
काठमाडौं । साउन महिनामा ३३ कथानक फिल्मले निर्माण इजाजत पाएका छन् । केही नयाँ निर्माताको प्रवेश भएको देखिन्छ भने केही पुरानै मेकर निर्माणमा फर्किएका छन् ।
असारमा १९ फिल्मले निर्माण इजाजत लिएका थिए । जेठमा ३६ र बैशाखमा १८ फिल्मले अनुमति पाएका थिए । २०८२ सालको साउनसम्म कूल १०६ फिल्मले निर्माण इजाजत पाएका छन् ।
साउनमा कुन-कुनले पाए अनुमति ?
कृषा चौलागाईंले फिल्म ‘पारस’ निर्माण गर्दैछिन् । मुस्कान ढकालले फिल्म ‘रत्यौली’ निर्माण तथा निर्देशन गर्नेछन् ।
रेखा थापा र महेश त्रिपाठीलाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउन श्रद्धा प्रसाईंले ‘क का कि की’ निर्माणको अनुमति पाएकी छन् ।
पुष्प खड्का र सहारा कार्कीलाई लिएर फिरोज तिमल्सिनाले ‘कहाँ गयौ तिमी’ निर्देशन गर्दैछन् ।
अर्जुन घिमिरे पाँडेले निर्देशन गर्ने फिल्म ‘झरी पछिको इन्द्रेणी’ले पनि निर्माण अनुमति पाएको छ, जुन अहिले सुटिङ भैरहेको छ ।
खगेन्द्र लामिछानेको निर्माण र निर्देशन रहने फिल्म ‘जंगबहादुर’ले पनि निर्माण इजाजत पाएको छ । खगेन्द्रले अर्को फिल्म ‘जर्क’को इजाजत लिएका छन् जसलाई उनी स्वयमले निर्देशन गर्नेछन् । यो फिल्मको कलाकारमा खगेन्द्र र स्वस्तिमा खड्काको रुपमा उल्लेख छ ।
किरण नेपालीले रियर राई र स्मृति कल्मरलाई लिएर फिल्म ‘महादशा’को लागि इजाजत पाएका छन् ।
कविता नेपालीको फिल्म ‘३ पांग्रे’ले पनि इजाजत पाएको छ ।
सविर श्रेष्ठले आफ्नो निर्माण तथा निर्देशनमा फिल्म ‘काली कृष्णा’को इजाजत लिएका छन् । यो फिल्मको छायांकन नाम चाहिँ ‘३६ को आँकडा’ राखिएको छ । कलाकारमा रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठीलाई चिनाइएको छ ।
संगित सापकोटाकोे निर्देशन रहने फिल्म ‘ल बबाल’ले पनि निर्माण इजाजत पाएको जसको कलाकारमा रेखा थापा र सुन्दर धितालको नाम उल्लेख छ ।
निर्देशक राजु पुडासैनीले ‘बा-लेनको चस्मा’ शीर्षकमा निर्माण इजाजत पाएका छन् । मदन घिमिरेले ‘लभ इन पोखरा’को अनुमति पाएका छन् ।
नीता ढुंगानाले आफ्नो निर्माण र निर्देशन रहने फिल्म ‘पार्वती’को लागि निर्माण इजाजत लिएकी छन् ।
सजन काफ्लेले आफ्नो निर्माणमा फिल्म ‘जिरो डिग्री’को लागि निर्माण इजाजत पाएका छन् जसमा विजय बराल र प्रमिशा सुवेदीलाई कलाकारको रुपमा चिनाइएको छ ।
सुदीपभुपाल सिंहको निर्माण तथा निर्देशनमा फिल्म ‘सयपत्री’ बन्ने भएको छ । यो फिल्मका कलाकारमा आकांक्षा कार्की र सुरजसिंह ठकुरीलाई चिनाइएको छ ।
वेदबहादुर गुरुङले आफ्नो निर्माणको लागि फिल्म ‘बुकि फूल’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मका कलाकारमा दयाहाङ राई र संस्कृति गुरुङ लगायत छन् ।
प्रतिक्रिया 4