+
+
Shares

फैसला अध्ययन गर्न बार एसोसिएसनले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र अन्य अदालतका विवादास्पद फैसलामाथि अध्ययन गर्न उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ।
  • बार अध्यक्ष विजय मिश्रले भने- समितिले आफैं फैसलाहरु चयन गरेर नियमित अध्ययन गर्छ र निश्चित रुपमा प्रतिवेदन बुझाउँछ ।
  • यसअघि एनसेलको फैसला हुँदा बारले बरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको नेतृत्वमा यस्तै समिति गठन गरे पनि समितिले प्रतिवेदन बुझाउन सकेको थिएन ।

११ भदौ, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र अन्य अदालतहरुको फैसला अध्ययन गर्न समिति गठन गरेको छ ।

बार कार्यसमितिले वरिष्ठ अधिवक्ता एवं न्यायपरिषदका पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्य छन् ।

कानूनी सिद्धान्त प्रतिकूलका, विवादास्पद एवं नजिरसँग बाझिएका फैसलाहरु अध्ययन गर्न समिति गठन भएको बार अध्यक्ष विजय मिश्रले अनलाइनखबरलाई बताए । उनले भने, ‘समितिले आफैं फैसलाहरु चयन गरेर नियमित अध्ययन गर्छ र निश्चित रुपमा प्रतिवेदन बुझाउँछ । समितिले नियमित रुपमा नै काम गर्छ ।’

बार निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशील दुवै खेमाका कानून व्यवसायीहरुका समूहले आफूहरु निर्वाचित भएमा फैसला अध्ययन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । ३० साउनमा भएको निर्णय बारले मंगलबार सार्वजनिक गरेको हो ।

यसअघि एनसेलको फैसला हुँदा बारले बरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको नेतृत्वमा यस्तै समिति गठन गरे पनि समितिले प्रतिवेदन बुझाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?