+
+
Shares

निखिल उप्रेती डुअर्समा यसरी धमाधम गर्दैछन् ‘आचार्य’को छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी फिल्म 'आचार्य'को छायांकन गरिरहेका छन्।
  • डुअर्समा निखिल, अभिनेत्री पूर्णिका सिजापति र भारतीय कलाकारले इन्डिया ट्राभल विषयवस्तुको दृश्य छायांकन गरिरहेका छन्।
  • छायांकनपछि टोली विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन गर्ने र २५ दिनपछि नेपाल फर्कने तयारीमा छ।

काठमाडौं । निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी निर्देशकीय फिल्म ‘आचार्य’को छायांकन धमाधम गरिरहेका छन् ।

मौसमले साथ दिए अझै केही दिन त्यहाँ छायांकन चल्नेछ । सेटबाट केही तस्वीर प्राप्त भएको छ, जहाँ निर्देशक तथा अभिनेता निखिल अन्य कलाकारलाई एक्सन कट् भन्दैछन् ।

सेटमा भारतीय कलाकार र प्राविधिकहरू पनि देखिन्छ । निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् ।

इन्डिया ट्राभलको विषयवस्तुको सुटिङ त्यहाँ भैरहेको हो । त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन गर्ने तयारी छ । २५ दिनपछि छायांकन टोली नेपाल आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?