+
+
Shares

ट्राफिक प्रहरीको कार्वाहीमा मनोज गजुरेल, के थियो कसुर ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाँस्य कलाकार मनोज गजुरेललाई रत्नपार्कमा ट्राफिक प्रहरीले गाडी हाँक्दै मोबाइल चलाएको आरोपमा ५०० रुपैयाँ जरिवाना तिराइएको छ।
  • गजुरेलले फेसबुकमा ट्राफिक प्रहरीले सूचना र प्रविधिको उपयोग सकारात्मक रूपमा गरेको र ट्राफिक काउन्सिलिङ राम्रो भएको उल्लेख गरेका छन्।
  • उनीले आफूले धेरै पटक ट्राफिक दण्डबाट उम्किएको र जरिवाना तिर्दा पनि देशमा केही सुधार हुँदै गएको बताएका छन्।

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । गाडी हाँक्दै मोबाइल चलाएपछि उनलाई ५०० रुपैयाँ जरिवाना तिराइएको हो ।

फेसबुकमार्फत उनले आफू ट्राफिक प्रहरीको कार्वाहीमा परेको जनाएका छन् । रत्नपार्कमा प्रहरीले गाडी रोकेर आफूलाई लापरवाहीपूर्वक गाडी चलाएबापत कार्वाही गरेको गजुरेलको पोस्टमा उल्लेख छ ।

उनी लेख्छन्, ‘रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो– ‘सर….नं. गाडीको कसुर ?’ जवाफ आयो- ‘लापरवाहीपुर्वक गाडी चलाएको ।’ मैले सोधेँ– ‘कस्तो लापरबाही !’ भन्नुभयो- ‘गाडी हाँक्दै मोबाईल चलाएको ।’

आफ्नो ड्राइभ एन्ड मोबाइलको बानी सम्भवतः छुट्न सक्ने पनि उनले उल्लेख गरेका छन् । ट्राफिक प्रहरीले सूचना र प्रविधिको उपयोग सकारात्मकरुपमा गर्दो रहेछ भन्दै उनले प्रशंसा समेत गरेका छन् ।

‘बैंक र ट्राफिक कार्यालय धाउने झन्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ । मुख्य कुरा- ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नै लागि दुर्घटनाको कारण बन्न सक्थ्यो’ उनी लेख्छन्, ‘साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो । जे होस्, देशमा केही हुँदै नभएको चाहिँ होइन । सोचेजति नभएको मात्र हो तर केही केही त अवश्य हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?