+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै ५१ किलोको मालाले स्वागत*

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन्।
  • भण्डारी सिमरा विमानस्थल अवतरण गरी त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् र विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो।
  • एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेसहित कार्यकर्ताहरूले विमानस्थलमै भण्डारीलाई स्वागत गरेका थिए।

१४ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् ।

राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

निर्देशन अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु,  केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

* ५१ किलो हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?