+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १४:५१

१५ भदौ, चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिएको जनाएको छ । महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा स्वरोजगार सम्बन्धी सीपमूलक तालिम दिएको महानगरले जनाएको हो ।

तालिम लिनेमध्ये २ हजार ५ सय ९१ पुरुष र ४ हजार ६ सय ५० जना महिला रहेका छन् ।

महानगरको रोजगारी शाखाका अनुसार प्लम्बिङ्ग, केयर गिभर, मन्टेश्वरी, फेसन डिजाइनर, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैँजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।

यस्तै कृषि, बारिष्ठा बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस तथा चुरा बनाउने, ड्राइभिङ, एडभान्स ब्युटिपार्लर, कुक, सेनेटरी प्याड बनाउने लगायतका तालिम हो ।

यस्ता तालिमहरू १५ दिने देखि ३ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ ।

 श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ ।

महानगरकी प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले नि:शुल्क तालिमलाई जोड दिइएको बताइन् ।

‘अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाउँमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा पनि नि:शुल्क तालिम निरन्तरता दिँदै बढाउँदै जाने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?