+
+
Shares

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड

भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि वन मन्त्रालयसँग प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
  • महानगरपालिकाले जग्गा भोगाधिकार र वृक्षरोपणका लागि कुल रु आठ करोड ९० लाख विनियोजन गरेको छ र वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने मन्त्रालयले आश्वासन दिएको छ।
  • भरतपुर महानगरपालिकामा दैनिक ८० टनभन्दा बढी फोहोर सङ्कलन हुँदै आएको छ र हाल खोल्सामा व्यवस्थापन हुँदै आएको छ।

३ चैत, चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक रु तीन करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।

महानगरपालिकाले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरु उपलब्ध गराई सकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ ।

जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए ।

अब रोपिने बिरुवा संरक्षणका लागि रु एक करोड ९० लाख विनियोजन गरिएको हो ।

हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीनजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?