+
+
Shares

सी चिनफिङसँग पुटिनले भने : हामी पहिले पनि सँगै थियौं, अहिले पनि सँगै छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १२:३८

१७ भदौ, काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार बेइजिङमा द्विपक्षीय बैठक भएको छ ।

यो बैठक बुधबार हुन लागिरहेको चीनको हालसम्मकै सबैभन्दा ठूलो सैन्य परेडअघि भएको हो ।

बीबीसीका अनुसार, पुटिनले दुवै देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा पुगेको बताए ।  उनले भने, ‘हाम्रो नजिकको संवादले रूस–चीनबीचको रणनीतिक सम्बन्धलाई प्रस्ट देखाउँछ ।’

सीलाई सम्बोधन गर्दै पुटिनले भने, ‘प्रिय मित्र, म र सम्पूर्ण रुसी प्रतिनिधिमण्डल फेरि एकपटक हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूसँग भेट्दा अत्यन्त खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं, अहिले पनि सँगै छौं ।’

जवाफमा चिनफिङले भने, ‘चीन–रूस सम्बन्ध अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा खरा उत्रेका छन् ।’

उनले थपे, ‘चीन, रूससँग मिलेर ‘अझ न्यायपूर्ण र उचित वैश्विक शासन प्रणाली’ बनाउन चाहन्छ ।

बुधबार सी चिनफिङले चीनको हालसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्नेछन् ।

यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?